शुभफल प्राप्त गर्न नभुल्नुस् बिहिबार यस्ता कार्य गर्न

भाद्र १९ ।  बृहस्पति पूजा : बिहिवारको दिन भगवान बृहस्पतिको पूजा गरिन्छ । गुरुवारको दिन पूजा गर्दा भगवान विष्णु प्रशन्न हुनुहुन्छ र चाहेको वरदान दिनु हुन्छ। बिहिवारको दिन पूजा गर्नका लागि पहेलो कपडा धारण गर्नु पर्दछ। पूजामा सबै बस्तु पहेलो रंगको नै उपयोग गर्नु पर्दछ। त्यहि अर्को तर्फ केहि बस्तुहरु बार्नु पनि पर्नसक्छ । जानौ कसरि गर्ने बिहिवारको पूजा जसले तपाईको घरमा शुख समृद्धि आओस। 

पूजन विधि 

बिहान स्नान आदि पश्चात पहेलो बस्त्र लगाउ। त्यस पश्चात पहेलो फूल र गुड़ चनाको दाललाई एक साथ मिलाएर प्रसाद बनाउ। यस प्रसादलाई भगवनलाई अर्पण गरेर पूजा गरौ। यसले भगवान विष्णु प्रसन्न भएर उहाको आशीर्वाद तपाईको घरमा सधै बनिरहनेछ। बिहिवारको पूजा विधि-विधानको अनुसार नै गर्नु पर्दछ। 

Image result for बृहस्पति पूजा

बृहस्पति देवको पूजा पहेलो वस्तुएं, पहेलो फूल, चनाको दान, पहेलो मिठाई, पहेलो चावल आदिको भोग लगाएर गरिन्छ। केलाको गाछिमा बसेर भगवान बृहस्पतिको तस्वीर राखेर पूजा गरिन्छ। यो पूजा भगवान बृहस्पति देवको व्रत कथा पढेर पुरा हुन्छ । बिहिवारको व्रत राख्दा यस्तो चीजको सेवन नगरौ, जस्को प्रयोग पूजामा गरिन्छ । बिशेष गरेर केलाको पूजा गरिन्छ, त्यसैले केला फलको रूपमा यस दिन नखाऔ। पहेलो वस्तु दान गर्दा मनलाई शांति र घरमा सुख आउन्छ। 

भगवान बृहस्पति देवको पूजा मात्रले तपाईको घरमा गुरुको वास हुन्छ। विष्णु जहां रहनुहुन्छ वहां माता लक्ष्मी पनि बस्नुहुन्छ। त्यसैले बिहिवारमा भगवान विष्णुको पूजा गर्दा माता लक्ष्मीको पनि पूजा गरौ। मनमा नकरात्मक विचार त्यागेर भगवानको नाम लिऔं। 

बिहिबार यी कार्य गर्नुहोस् शुभफल प्राप्त हुन्छ 

– भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्। 

– केरा दान गर्नुहोस् । 

– सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । 

– केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् । 

– केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । 

– पहेँलो वस्तु दान गर्नुहोस् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =