कास्कीमा मतगणनाको तयारी, सर्वदलिय बैठक बस्दै

 
पोखरा, मंसिर २२ । कास्कीमा दोस्रो चरणको प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना सर्वदलीय पछि सुरु हुने भएको छ । केही समय पछि सर्वदलीय बैठक बस्दै छ । सर्वदलिय बैठक पछि मत गणना शुरु गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिएका छन् । बिहिबार भएको निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको थियो ।

जिल्लाका विभिन्न केन्द्रबाट जम्मा भएका मतपेटिकालाई विभिन्न तीन स्थानमा राखेर मतगणना गरिने भएको छ । कास्की निर्वाचन क्षेत्र नं. १ को मतगणना पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा हुनेछ भने क्षेत्र नंम्वर २ को डिभिजन सहकारीको कार्यालयमा हुने छ त्यसैगरी क्षेत्र नंम्वर ३ को जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना हुने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिएका छन् । कास्की जिल्लामा कुल मतदाता संख्या २ लाख ५५ हजार ४ सय ५२ रहेको थियो ।

गत स्थानीय निकायको चुनावभन्दा यस चुनावमा करीब ३० हजार बढी मतदाता थपिएका थिए । यस चुनाव मार्फत् कास्की जिल्लाबाट तीन जना उम्मेदवार प्रतिनिधिसभामा चुनिनेछन् भने ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित हुने छन् । जिल्लामा ३ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्रबाट मतदान गरिएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =