रामेछापको पछिल्लो मतपरिणाम सार्वजनिक, वामगठवन्धनकाे अग्रता

रामेछाप, मंसिर २२ । रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार प्रतिनिधिसभातर्फ वामगठवन्धनका श्यामकुमार श्रेष्ठले १ हजार ५ सय ३८ मत प्राप्त गरेर अग्रस्थानमा रहनुभएको छ भने नेपाली कांग्रेसका पूर्णवहादुर तामाङ (कान्छाराम)ले ९ सय ७० मत प्राप्त गरेर दोश्रो स्थानमा रहेका छन् ।

त्यसैगरी प्रदेशसभा (क) तर्फ वामगठवन्धनका उम्मेदवार शान्तिप्रसाद पौडेलले १ हजार ९० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार रत्ववहादुर कार्कीले ८ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेसशभा (ख) तर्फ वाम गठवन्धनका उम्मेदवार कैलाशप्रसाद ढुंगेलले १ हजार ३ सय ६१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार जितवहादुर मगरले ४ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =