घिस्रिएरै मतदान गरिन् साहित्यकार झमक घिमिरेले
२०७४ जेठ १५ गते

“
मंसिर २१, धनकुटा । साहित्यकार झमक घिमिरेले धनकुटा ६ स्थित कवर्डहल मतदान केन्द्रबाट बिहान ८ बजे मतदान गरिन् । घिमिरे आमा आशाकुमारीका साथ मतदान केन्द्रमा पुगेकी थिइन् ।
उनलाई निवास कचिडेबाट गाडीमा र मतदान केन्द्रमा बहिनीले बोकेर लगेकी थिइन् । घिमिरेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउँदा आफुलाई निकै उत्साह लागेको प्रतिक्रिया दिइन् ।
शारिरीक अवस्थाका कारण आफैं मतदान गर्न नसक्ने घिमिरेलाई आमा आशाकुमारी र झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईको सहयोगले मतदान गरेकी थिइन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








