तामिल नाडूको इक डिकमा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु

मङसिर २१, नयाँ दिल्ली । भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी अन्य चार जना घाइते भएका प्रहरीले बिहीबार जानकारी दिएको छ ।

भारतीय सहर चेन्नाईबाट तीन सय किलोमिटर टाढा रहेको एक सडकमा सो दुर्घटना भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परी मृत्यु भएकामा तीन जना बालबालिका र दुई महिला रहेका छन् । यी सबैको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराइएको छ । यस दुर्घटनाको अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि ट्रक चालक भने त्यहाँबाट फरार भएको बताइएको छ । भारतमा विश्वको तुलनामा सडक दुर्घटनाको सङ्ख्या बढी रहेको छ ।

दुर्घटनाको कारणमा नाजुक अवस्थामा रहेको सडक, मर्मत संभारको कमी र चालकको लापरवाही रहेको सम्बन्धित अधिकारीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =