यस्तो छ आगामी तीन दिनको मौसम, अझै हुनसक्छ हिउँदे वर्षा

माघ ४, काठमाडौं । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईरहेकोले केहि दिनमा तापमान बढ्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम सार्वजनिक गर्दै महाशाखाले
देशभर आंशिक देखि सामान्य बदली भई एक दुई स्थानहरुमा हिउँदे वर्षा र हिमपात भईरहेको छ ।
null
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ४ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी तथा तराई भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा आंशिक बदलि भई पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।
माघ ५ गते (आइतबार)
दिउँसोः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
रातीः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू–भागका एक दुई स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
माघ ६ गते (सोमबार)
दिउँसोः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।
रातीःदेशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।








