फास्ट ट्रयाक निर्माण कार्य २०८१ बैशाखमा सकिन्छ : नेपाली सेना

मंसिर २३, काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई दुर्तमार्ग निर्माणको काम अबको पाच वर्षभित्र सकिसक्ने प्रतिवद्धता जनाएको छ ।   नेपाली सेनाले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म दुर्तमार्ग निर्माण सकिने जानकारी दिए ।   

सेनाले दिएको जानकारीअनुसार  दुर्तमार्गको ३ ठाउँमा सुरुङमार्ग हुनेछ । जसअनुसार महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ ।   

कार्यक्रममा सेनाले नेपाल संयुक्त राष्ट्रसंघको सबैभन्दा पुरानो, विश्वासिलो र सबैभन्दा ठूलो शान्ति सेनाको साझेदार भएको जानकारी दिइँदै नेपाली सेनाले १२ वटा विभिन्न शान्ति मिसनहरुमा हालसम्म ५ हजार ९५ वटा फौज खटाइसकिएको जनाइएको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =