फास्ट ट्रयाक निर्माण कार्य २०८१ बैशाखमा सकिन्छ : नेपाली सेना
२०७६ मंसिर २३ गते

मंसिर २३, काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई दुर्तमार्ग निर्माणको काम अबको पाच वर्षभित्र सकिसक्ने प्रतिवद्धता जनाएको छ । नेपाली सेनाले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म दुर्तमार्ग निर्माण सकिने जानकारी दिए ।
सेनाले दिएको जानकारीअनुसार दुर्तमार्गको ३ ठाउँमा सुरुङमार्ग हुनेछ । जसअनुसार महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ ।
कार्यक्रममा सेनाले नेपाल संयुक्त राष्ट्रसंघको सबैभन्दा पुरानो, विश्वासिलो र सबैभन्दा ठूलो शान्ति सेनाको साझेदार भएको जानकारी दिइँदै नेपाली सेनाले १२ वटा विभिन्न शान्ति मिसनहरुमा हालसम्म ५ हजार ९५ वटा फौज खटाइसकिएको जनाइएको छ ।
null
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








