लोकदोहोरी प्रतिष्ठानबाट अलग भएको बसन्तको घोषणा

 

माघ २२, काठमाडौँ । संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाट अलग भएको घोषणा गरका छन् । ‘सालको पात टपरी’ गीतका संगीतकार थापाले सोमबार राति प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका हुन् । 

‘सालको पात टपरी’ प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेकोमा असन्तुष्टि जनाउँदै उनले प्रतिष्ठानबाटै अलग्गिएको घोषणा गरेका हुन् । 

null

यस विषयमा जानकारी गराउँदै उनले फेसबुकमा लेखेका छन्, ‘लोक गित को सर्जकलाई पल पल आक्रमण भइरहँदा मौलिकता माथि प्रहार भइरहँदा, प्रतिष्ठामाथि गाली वर्षिदा पनि टुलुटुलु हेरिरहनेहरू म मर्दा मलामी जान्छन भन्ने कुरामा विश्वास गर्न सकिन त्यसैले आजैको मितिले राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानमा आफु नरहेको जानकारी गराउन चाहन्छु ।’ 

 

अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात’ गाएका थिए । विना तयारी गाएर गीतको शब्द बिगारेको तथा अनुमति नै नलिइ गाएको भन्दै बसन्तले असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जालमा पनि यसको पक्ष विपक्षमा चर्कै बहस भइरहेको छ । 

रविका फ्यानहरुले बसन्तलाई र बसन्तका फ्यानहरुले रविमाथि असन्तुष्टि पोखिरहेका छन् । रविले भने फेसबुकमा प्रष्टीकरण दिँदै तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको बताएका थिए । उनले बसन्तसँग माफि समेत मागेका छन् । 

बसन्तले अघि भनेका छन, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =