एस्टन भिल्लामाथि लेस्टर सिटीको शानदार जित

फागुन २७, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जित निकालेको छ । गएराती सम्पन्न खेलमा लेस्टरले भिल्लामाथि ४-० गोल अन्तरको जित निकालेको हो । 

लेस्टरको जितमा जेम्स भार्डी र हार्भी बार्नेजले २-२ गोल गरे । यो जितपछि लेस्टरको २९ खेलमा ५३ अंक रहेको छ भने प्रिमियर लिगको तेस्रो स्थानमा कायम रहेको छ । त्यस्तै भिल्लाको भने २८ खेलमा २५ अंक रहेको छ र उ रेलिगेशन जोनमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =