याक चिजलाई अर्गानिक सर्टिफिकेसन

मंसिर १८, काठमाडौं । सरकारले याक चिजलाई अर्गानिक सर्टिफिकेशन दिएको छ । याक चिजको उत्पादनलाई बढावा दिन सोमबार एक कार्यक्रमका बीच दुग्ध विकास संस्थानले याक चिजलाई अर्गानिक सर्टिफिकेसन दिएको हो ।

याक चिजको उत्पादनलाई बढाउने उद्देश्यले अर्गानिक सर्टिफिकेशन दिइएको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक डा. इश्वरीप्रसाद अधिकारीले जानकारी दिए । नेपालमा हाल प्रतिवर्ष ५५ हजार किलो याक चिज उत्पादन हुने गरेको छ । शेर्पा समुदायले हिमाल बढने पेशा अंगाल्न थालेपछि याक चिजको उत्पादन घटदै गएको हो ।

४० को दशकमा नेपालमा १ लाख २५ हजार प्रतिवर्ष याक चिज उत्पादन हुने गर्दथ्यो । तर हाल आएर शेर्पाहरुले चौरी पालन व्यवसाय छाडेसँगै याक चिजको उत्पादन घटदै गएको संस्थानले जनाएको छ । विश्व बजारमा नेपाली याक चिजको ठूलो माग रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =