श्रेयाको हत्यारा कुसुमलाई आजीवन कैदको फैसला

 

पुस ५, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया श्रेया सुनारका हत्यारालाई जन्मकैदको फैसला सुनाइएको छ । 

गत असोज ९ गते हत्या बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसमलाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको हो । 

null

कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुमलाई जन्मकैदको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दियो । 

पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीका आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा कोदी बस्दै आएका २७ वर्षीय कुसुमलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । 

कुसुममाथि भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो । हत्या आरोपमा कुसुम गत असोज १० गते नै पक्राउ परेका थिए । 

घर नजिकै पसलमा बिस्कुट किन्न गएकी श्रेयालाई पैसाको प्रलोभन देखाएर कुसुमले बलात्कारको प्रयास गरेका थिए । श्रेयाले त्यसको प्रतिकार गर्न खोजेपछि रक्सीले मातेका कुसुमले घाँटी थिचेका थिए । 

त्यसपछि बेहोस भएको थाहा भएलगत्तै ढुङ्गाले टाउकामा हानेर श्रेयाको हत्या गरेर शव पूर्वतर्फ जङ्गलमा फालेका थिए । रक्सीले मात्तिएर श्रेयामाथि बलात्कारको प्रयास गरेका उनले आफूले बलात्कारपछि हत्या गरेको अदालतमा बयान दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =