४ वटा पेस्तोलसहित ३ जना पक्राउ

मंसिर १८, दमौली । तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई प्राप्त विषेश सूचनाका आधारमा प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङ नेतृत्वको टोली र कृष्णदल गण ढकालटारबाट प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्व संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

उनीहरुको साथबाट प्रहरीले युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्याग्जिन, ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने गोली ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान बरामद गरेको छ ।

उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहँदा प्रहरीसँग भीडन्त गर्ने तयार अवस्था पाएपछि थप सुरक्षाको बलका रुपमा सशस्त्र प्रहरी निरीक्षक चन्द्रकुमार थापा नेतृत्वको टोली पुगेको थियो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =