कैलालीमा सांसद र वनका कर्मचारीको मिलेमतोमा फर्जी उपभोक्ता समिति

काठमाडौं । कैलालीको फुलवारीमा सांसद र वनका कर्मचारीको मिलोमतोमा फर्जी उपभोक्ता समिति गठन भएको छ । सांसद र वनका कर्मचारीको मिलोमतोमा विधान विपरीत फर्जी उपभोक्ता समिति गठन गरिएको पाईएको हो । वनका उपभोक्तालाई वेवास्ता गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेकपाका प्रदेशसभा सदस्य नेपालु चौधरी र सामानुपातीबाट सासंद सुसिला बुढाथोकीको मिलोमतोमा विधान विपरीत फुलबारीको हरियाली सामुदायिक वन उपभोक्ता समिति गठन गरेको आरोप लागेको हो । 

वनका सबै उपभोक्तालाई जानकारी सम्म नदिएर विधानलाई मिच्दै गत बैशाख ११ गते भलमन्सा छेदुराम चौधरीको अध्यक्षतामा वनको साधारणसभा राख्दै गठन गरिएको उपभोक्ता समितिलाई वैधता दिईएको छ । स्थानीयले विधान विपरीत गठन गरिएको उपभोक्ता समिति प्रक्रिया पु¥याई गठन गर्न माग गरेपनि त्यसको वेवास्ता फुलबारीका स्थानीय मदनराज जोशीले बताए । 

वनको विधानमा कुल उपभोक्ताको ५० प्रतिशत भन्दा बढिको उपस्थिती भएमा मात्र साधारण सभा बस्ने व्यवस्था छ । तर सांसद र वनका कर्मचारीको मिलोमतोमा फर्जी उपभोक्ता देखाउदै बहुमत पु¥याई उपभोक्ता समिति गठन गरिएको छ । 

null

समितिमा बनका उपभोक्ता भन्दा बाहिरका व्यक्तिलाई राखिएको छ । विधान मिच्दै उपभोक्ता समिति गठन गरिएको विषयमा वनका उपभोक्ताले छानविनको माग गर्दै दिएको उजुरीको भने सुनुवाई भएको छैन् । बरु उल्टै प्रदेशसभा सदस्य नेपालु चौधरी र सुशिला बुढाथोकीको उपस्थितीमा समिति गठन गरेकाले सोही समितिलाई काठ कटान आदेश दिईएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख अमर बुलनले बताए । 

तर विधानमा दुईतिहाइ बहुमतले चयन गरेको समिति मान्य हुने व्यवस्था छ । सुरुमा विधान सम्मत रुपमा साधारण सभा गर्न गराउन निर्देशन गरेका डिभिजन वन प्रमुख बुलनले अहिले आएर प्रदेशसभा सदस्यहरुकै दवावका कारण काठ कटानको आदेश दिनुभएको हो । 

सोही अनुसार विधान विपरीत गठन भएको समितिले काठ दाउरा बिक्रि वितरण गरिरहेको छ । विधान विपरीत फर्जी उपभोक्ता देखाउदै उपभोक्ता समिति गठन गर्नमा साविकको ईलाका वन कार्यालय फुलबारीका प्रमुख मोहम्मद जैनदिनको पनि प्रमुख भुमिका रहेको आरोप लागेको छ । 

जैनदिन समेत उपस्थित भएको साधारणसभाले नै समिति गठन गरेपनि उनले कागजपत्रमा हस्ताक्षर गरेका छैन् । तर अहिले आएर उनले उपभोक्ता समिति गठन प्रक्रियाका कुरा थाहा नभएको प्रतिक्रिया दिएका छन् । 

यस विषयमा प्रतिक्रिया माग्न खोज्दा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर धमला, प्रदेशसभा सदस्य नेपालु चौधरी र सुसिला बुढाथोकी सम्पर्कमा आएनन् । डिभिजन वन कार्यालय, शव डिभिजन वन कार्यालयबाट न्याय नमिलेपछि उपभोक्ताहरुले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =