आँधी र भीषण वर्षाबाट भारतमा आठको मृत्यु, सयजना बेपत्ता

एजेन्सी । भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा पनि आठजना व्यक्तिको ज्यान गएको छ । सो आँधीका कारण कम्तीमा पनि १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरू धेरैजसो व्यावसायिक मछुवा रहेकाे बताइएको छ । शुक्रवार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातीदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण वर्षाले गर्दा यति ठुलो सङ्ख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ ।

तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा यो आँधीले ठुलो असर गरेको छ । यहाँका संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि यस आँधीको ठुलो प्रभाव परेको बताइएको छ ।

सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन् ठुलो असर परेको छ । नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको पनि छ । ती स्थानमा आँधीले कम्तीमा पनि एक हजार वटा रुख ढलाएको छ । त्यसै गरी बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत् अवरुद्ध बन्दै गएको पनि बताइएको छ ।

अहिले पनि ती क्षेत्रहरूमा आँधीको प्रकोप जारी नै छ । उद्वारको काम त्यसैले प्रभावकारी रूपमा गर्न नपाइएको अधिकारीहरूले जनाएका छन् । हराएका व्यक्तिको खोजी जारी छ, तर आँधीका कारण उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन । उद्वारकर्मीहरुले आँधीको प्रकोप कम हुनासाथै खोजी अभियान सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =