उपत्यकामा ‘सूई आतंक’ मचाउने पक्राउ, भन्छन्- ‘रमाइलोका लागि गरेको हो’
२०७६ असार १३ गते

काठमाडौं, १३ असार । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मचाउने व्यक्तिलाई पक्राउ गरेको छ । रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिाडेको आरोपमा पक्राउ गरेको हो ।
उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन् । उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन् ।
null
प्रहरीले दिउासो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ । आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।
२०७६ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








