मेस्सीको गोलमा बार्सिलोनाको जित, उक्लियो शीर्ष स्थानमा

फागुन २५, काठमाडौं । लियोनल मेस्सीको गोलमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १-० गोल अन्तरले हराएको हो । 

बार्सिलोनाको जितमा खेलको एक मात्र गोल लियोनेल मेसीले खेलको ८१औ मिनेटमा पेनाल्टीबाट गरेका थिए । सोसिडाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । 

यो जितपछि बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ । सोसिडाड ४३ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =