खप्तड गोल्ड कप : उपाधिका लागि सुदूरपश्चिम-११ र थ्री स्टार भिड्दै

फागुन २०, काठमाडौं । मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदू्रपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाईनल खेल आज हुँदैछ । फागुन ९ गतेदेखि सुरु भएको गोल्डकपको चौथो संस्करण आज सकिन लागेको हो ।   

धनगढी रंगशालामा हुने फाईनल खेलमा आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन् । थ्रीस्टार लगातार दोस्रो पटक फाईनल पुगेको हो भने आयोजक सुदुरपश्चिम-११ पहिलो पटक फाईनल पुगेको हो । 

आज हुने फाईनल खेलमा जित हात पार्दै उपाधि जित्ने दुवै टीमले दाबी गरेका छन् । चौथो संस्करणसम्म आईपुग्दा दुवै टीमले उपाधि हात पार्न सकेका छैनन् । त्यसैले मंगलबार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउने छ ।  

फाइनल अघि सोमबार आयोजना भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका थिए । सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ । 

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५-१५ हजार प्रदान गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =