प्रदेशको नाम र राजधानी सहमतिबाट : मुख्यमन्त्री राई

माघ २०, बिराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी सहमतिबाट टुङ्ग्याउने बतएका छन् । उनले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए । 

 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलमा आइतबार बिहान सञ्चारकर्मीहरुसँगको भेटघाटमा मुख्यमन्त्री राईले नाम र राजधानीको बिषय कसैको निर्देशन तथा दवावले नहुने स्पष्ट पारे । उनले सबैको भावना प्रतिनिधित्व हुने गरि नाम र स्थायी राजधानी टुंग्याइने दावि गरे । 

null

मुख्यमन्त्री राईले आइतबारबाट सुरु हुने हिउँदे अधिवेसनमा महत्वपुर्ण ६ वटा विधेयक प्रदेश सभामा प्रवेश गराउने बताए । प्रदेश सभाको हिउँदे अधिबेशन आइतबारबाट शुरु हुदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =