सांसद महेश बस्नेतको भक्तपुर बनाउने यस्ता छन् ६८ सडक योजना

पुस २२, भक्तपुर । भक्तपुरका लोकप्रिय नेता प्रतिनिधिसभा सदस्य महेश बस्नेतले चालु आवमा निर्माण हुने ६८ सडक निर्माण योजनाहरु सार्वजनिक गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सांसद बस्नेतले आफ्नो पहलमा भक्तपुरको विकासका लागि केन्द्रीय सरकारको आर्थिक वर्ष २०७६/७७ मा बजेटबाट निर्माण शुरु भएको योजनाहरुका बारेमा आज जानकारी दिए ।
बस्नेतले ६ करोडको लागतमा ठिमी–गाम्चा–तर्खगाल सडक, ६ करोडकै लागतमा नाला–सल्लाघारी–भङ्गाल सडक, एक करोडको लागतमा सूर्यविनायकको ट्रलीबसपार्क–सुन्दरबस्ती–पाण्डुबजार सडक निर्माण शुरु भएको बताए । यसैगरी ६ करोडको लागतमा कौशलटार–बालकोट–सिरुटार–बिरुवा सडक, पाँच करोडको लागतमा पाण्डुबजार–कटुञ्जे–गुण्डु सडक निर्माण शुरु भएको सांसद बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पाँच करोडको लागतमा गुण्डु– बसपार्क–पीपलडाँडा–दधिकोट सडक, पाँच करोडको लागतमा सूर्यविनायक–पाइलटबाबा–घ्याम्पेडाँडा सडक, पाँच करोडकै लागतमा ठिमी–चारदोबाटो–बालकोटचोक सडक, ३० लाखको लागतमा साई गणेश मन्दिर चर्खण्डी–पात्लेटार–बिरुवा सडक, ३० लाखको लागतमा ओम शान्ति–कालीटार–सोयल गाउँ–चर्खण्डी सडक निर्माण हुने भएको छ ।

यसैगरी ३० लाखको लागतमा भातेढिकुरो–दिव्यडाँडा–खड्कागाउँ–बाघसिंह मार्ग सडक, ३० लाखको लागतमा सल्लाघारी–ख्युटोल–बनाचौर राउतगाउँ–हात्तीगौडा सडक, ३० लाखको लागतमा अरनिको राजमार्ग–चुनदेवी–तीनधारा जनस्वास्थ्य कोलडाँडा सडक निर्माण हुने भएको छ भने, ३० लाखको लागतमा भातेढिकुर–नन्दिकेश्वर महादेव सडक, ३० लाखको लागतमा गुण्डु स्वास्थ्य चौकी जाने सूर्यविनायक भुजुङ्गे सडक निर्माण हुने भएको छ ।
बस्नेतका अनुसार २५ लाखको लागतमा थिमि ल कलेजबाट हिन्चोक सडक, ३० लाखको लागतमा थिमि–गाम्चा–तर्खगाल–कालिकाडाँडा–रानीकोट सडक, तीन करोडको लागतमा चित्तपोल सङ्गम मार्ग–ताथली सडक, चार करोडको लागतमा आदर्श बसपार्कबाट सिपाडोल हुँदै घाम्पेडाडा सडक, एक करोड ६० लाखको लागतमा हिमचोक, गुण्डु, तिथली सडक, पाँच करोडको लागतमा ठिमी ट्रसपुलबाट गणेश प्रावि बालकोट पानीट्याङ्की महेन्द्र शान्ति सडक निर्माण शुरु भएको छ ।
बस्नेतले आफ्नो क्षेत्रमा सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । उनले ४० करोडको लागतमा गोदावरी पुलबाट बालकोट–महेन्द्र शान्ति, चित्रपुर, दधिकोट चोक सिकारीटार, कृष्ण मन्दिर, तर्खगाल, अनन्तलिङ्गेश्वर खड्का गाउँ कालिकाडाँडा धोबीखोला हुदै रानीकोट सडक, २३ करोडको लागतमा डोलेश्वर चक्रपथ सडक, १७ करोडको लागतमा पलासे–डोलेश्वर सडक, ५० लाखको लागतमा बोडे टिगनी सडक, ५० लाखको लागतमा बाप्पामहादेवबाट मध्यपुरथिमि नगरपालिका नगरपालिका जाने सडक निर्माण हुने जानकारी दिए । यसैगरी एक करोडको लागतमा अरनिको राजमार्गबाट हनुमन्तेखोला हुदै मनोहरा खोला सडक निर्माण हुने भएको छ ।
२५ लाखको लागतमा लोकन्थली मनोहरा पुलदेखि टीकाथली जाने सडक, ३० लाखको लागतमा नागबेलीदेखि खस्याङ्ग खुसुङ्ग बोडेखण्ड सडक, तीन करोडको लागतमा सूर्यविनायक गणेशस्थान कृष्णमन्दिर सडक, एक करोडको लागतमा बिरुवा कलिकाटार जाने सडक, तीन करोड ३० लाख लागतमा तर्खागाल भुजुङ्गे सडक, एक करोडको लागतमा सूर्यविनायक दार्जलिङ हाइट जाने सडक, तीन करोडको लागतमा सिर्जनानगर कटुञ्जे सडक, तीन करोडको लागतमा सल्लाघारी कटुञ्जे सडक निर्माण हुने छ ।
भक्तपुर क्षेत्र नं १ सँगै क्षेत्र नं २ का लागि पनि आफ्नो पहलमा केन्द्रीय बजेट ल्याएर विकासका काम शुरु भएको बस्नेतको भनाई छ । क्षेत्र नं २ तर्फ चाँगुनारायण नगरपालिका क्षेत्रमा एक करोडको लागतमा भत्केको पाटी जितपुर चरेली कलमसी नगरकोट वैकल्पिक सडक, एक करोडको लागतमा गेलालगाउँ ज्योर्तिलिङ्गेश्वर सडक, एक करोडको लागतमा चाँगुनारायण द्रुतमार्ग सडक, एक करोडको कमलविनायक सुडाल अधिकारी गाउँ नगरकोट सडक एक करोडको लागतमा कमलविनायक ओमकारेश्वर मन्दिरदेखि पाइपलाइन सडक, एक करोडको लागतमा भक्तपुर नगरकोट देउपुर हिंगुवा पाटी काभ्रे सडक निर्माण हुने भएको छ ।
बस्नेतले चाँगुनारायणमै ३० लाखको लागतमा मूलसाँघु दक्षिणकाली मन्दिर ठुलढुङ्गा सडक, ३० लाखको लागतमा बाँसबारी हेल्थपोष्ट वडा कार्यालय, ५० लाखको लागतमा मूलपानी गाउँडोल नगरकोट सडक, ३० लाखको लागतमा भूतेखहरे करिडोर गाउँडोल ज्योर्तिलिङ्गेश्वर पकनेपाटी दक्षिणकाली खरिपाटी सडक निर्माण हुने बताए । उनले २० लाखको लागतमा इन्द्रेणी पौवा सडक, ७० लाखको लागतमा ढुङ्गानागाउँ पोखेली गाउँ ज्योर्तिलिङ्गेश्वर सडक, १५ लाखको लागतमा मनदेव क्लब चापाख्वाल रिफेल डाँडा पौवा सडक, १५ लाखको लागतका पीपलबोट ताजमोट जाने बाटोमा कल्र्भट रिटेनिङ वाल निर्माण चालु आर्थिक वर्षमै निर्माण गरिने छ ।
त्यसैगरी बाँसबारी बागेश्वरी पुरानो हेल्थपोष्ट जाने सडक, चाँगुनारायण–३ क्षेत्रपाल सडक तथा नाली निर्माण, गेलालगाउँदेखि ज्योर्तिलिङ्गेश्वर महादेवस्थान जाने सडक स्तरोन्नति, चाँगुनारायण–८ भञ्ज्याङदेखि परमहंस आश्रम जाने सडकको स्तरोन्नति, चाँनपा–५ श्रीवन पञ्चमहालक्ष्मी उद्यान निर्माण, चाँनपा–४ मा बसपार्क निर्माण कार्य, चाँनपा–५ छालिङ प्रतिष्ठानदेखि ब्रह्मकुमारी राजयोग केन्द्र नागडोल सडक स्तरोउन्नति, कमलविनायक कलमसी सुडाल सडक निर्माण, चाँनपा ज्योर्तिलिङ्गेश्वर डोल्छी नारायणटार न्यौपाने गाउँ सडक स्तरोन्नति, चाँनपा–५ छायाँबस्ती सडक स्तरोउन्नति, चाँनपा–७ बाँसबारी पानी ट्याङ्कीदेखि कुसलटार हुँदै मुहानपोखरी जाने सडक स्तरोन्नति हुने भएको छ । यी योजनाहरु साना बजेटबाट निर्माण हुनेछन् ।
चाँगुनारायणको भद्रकालीबाट पगरीटोल हुँदै सुडाल ताथली जोड्ने सडक स्तरोन्नति, चाँनपा–२ मेनरोडबाट कोशी टोल राधाकृष्ण सत्सङभवन, नयाँ वडा कार्यालय जाने बाटो तथा नाला स्तरोन्नति, चाँनपा–८ भञ्ज्याङदेखि परमहंस आश्रम जाने सडक तथा नाला–८ चरेली हुँदै खड्का डिल बालमिकेश्वर स्कुलसम्मको बाटो स्तरोन्नति, चाँनपा–३ झौखेल आचार्य टोलबाट यापी भैरव हुदै भक्तपुर नगरपालिका जोड्ने सडक स्तरोउन्नति, चाँनपा–३ झौखेलको वापो पुल खस्याङ खुसुङ खोलादेखि उत्तर मिली टोल हुदै भटा चोकसम्मको सडक विस्तार तथा स्तरोन्नति, सहरी सडक विस्तार कार्यक्रमअन्तर्गत चाँनपा–३ खरिबोट डाँडाघर सडक स्तरोन्नति, चाँनपा–१ कासुला टोल नयाँबस्ती सडक स्तरोन्नति कार्य पनि यसै वर्ष शुरु गरिने बस्नेतले बताए ।








