ज्ञान निकेतनको दोश्रो जित

माघ १५, काठमाडौँ । आयोजक ज्ञान निकेतनले १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बुधबार दोश्रो जित हात पारेको छ । ज्ञान निकेतनले ट्रिनिटीलाई ६२–४४ ले पराजित गर्दै लगातार दोश्रो जित हात पार्याे । ज्ञान निकेतनका नयेन्द्र परियारले १७ अंक जोडे । 

प्लस टु ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज, न्यु जेनिथ, रिलायन्स इन्टरनेसनल एकेडेमी, मोर्गन इन्टरनेसनल कजेज र नोबेल एकेडेमी विजयी भए । 

जेभियरले रोजबडलाई ६३–३२ को फराकिलो अन्तरले हरायो । बिजयी टिमका लागि लियुश केसीले २० अंक जोडे । न्यु जेनिथले चाणक्यलाई ३५–२१ ले पाखा लगायो । न्यु जेनिथका अजय घलेले १३ स्कोर गरे । रिलायन्सले बर्न हार्टमाथि २२–२० को कठिन जित दर्ता गर्यो । रिलायन्सका लोकमान गुरुङले १४ अंक बटुले । 

त्यस्तै मोर्गनले इन्साइट भिजनलाई ३८–२४ ले पन्छायो । मोर्गनका प्रसिद्ध गुरुङले ११ अंक जोडे । ग्लेसियर विरुद्धको खेलमा नोबेल ३१–२२ ले विजयी भयो । नोबेलका आयुश भण्डारीले १४ स्कोर गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =