कार्यकर्ताबीच मुख छोडाछोड र हात मिसामिस पछि भानुभक्त ढकाल तनावमा !

मङ्सिर १०, मोरङ । ‘भाई फुटे गवारा लुटे’ भनेझै निर्वाचनको मुखमा एमालेका ‘कामरेड’हरु एक आपसमा जुध्न थालेपछि मोरङ क्षेत्र नम्बर–३ का प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट प्रत्यक्ष उम्मेद्वार तथा एमाले सचेतक भानुभक्त ढकाल पीरले ‘इन्तु न चिन्तु’ बनेका छन् । चुनावी सभामा क्रान्तिकारी भाषण दिएपनि ‘कामरेड’ कार्यकर्ताबीच झण्डै लाप्पा हान हान भएपछि उनी अहिले पीरमा परेका हुन् ।

‘तैले किन यस्तो गरिस् साला कुत्ता ? आफ्नै पार्टीभित्र अन्तरघात गर्छस् । तलाई आज छाड्दिन’ भन्दै गुरागाइँमाथि पाखुरा सुर्कदै जाइ लाग्दा कार्यकर्ताले छेकेका थिए ।

गुरागाइँले कार्यकर्तालाई प्रत्यक्ष तर्फका उम्मेद्वार भानुभक्त ढकाललाई मात्र आगामी मंसिर २१ गते भोट हाल्नु तर मोरङ क्षेत्र नम्बर–३ प्रदेश ‘ख’ का प्रत्यक्ष उम्मेद्वार राजकुमार ओझालाई एक मत पनि नहाल्नु बरु मत बदर भए पनि होस् भन्दै ठाडो निर्देशन दिएको सुइको पाएपछि उनीहरुबीच ठेलाठेलको अवस्था सिर्जना भएको बताइन्छ । गुरागाइँको यस्तो हर्कत थाहा पाएपछि कडरिया उनीमाथि जाइ लागेको स्रोतले बतायो ।घट्ना हो आइतबार (१० गते) बिहानको । स्थानीय तह निर्वाचमा सुन्दरहरैचा नगरपालिकाका मेयरका उम्मेद्वार केदार गुरागाइँ र वडा कमिटी अध्यक्ष गणेश कडरियाबीच झण्डै मुक्का हान हान भएपछि ढकालले दुवैलाई आइतबार राति ८ बजे भेलामा बोलाएको एमालेका एक जना नेताले नाम नखुलाउने सर्तमा जानकारी गराए ।

‘तैले किन यस्तो गरिस् साला कुत्ता ? आफ्नै पार्टीभित्र अन्तरघात गर्छस् । तलाई आज छाड्दिन’ भन्दै गुरागाइँमाथि पाखुरा सुर्कदै जाइ लाग्दा कार्यकर्ताले छेकेका थिए । कार्यकर्ताले कडरियालाई नछेकेको भए बिहान दुवै जना हस्पिटल भर्ना हुनुपर्ने स्थिति आइपर्ने सुन्दरहरैँचाका एक प्रत्यक्षदर्शीले बताए । ‘कडरियालाई एमालेका कार्यकर्ताले नछेकेको भए गुरागाइँले पनि गोदाई भेट्थे र कडरिया पनि चुटिन्थे ।’ तर, कार्यकर्ता सुरक्षाकर्मी भएर उभिएपछि उनीहरुले झगडा गर्न नपाएको ति प्रत्यक्षदर्शी स्थानीयले जानकारी गराए ।

उनीहरुबीच एकाबिहानै झगडाभएपछि कार्यकर्ताले यसबारेमा तत्काल भानुभक्त ढकाललाई फोनबाट जानकारी गराएका थिए । जानकारी पाएसँगै ढकालले जसरी हुन्छ मिलाउन सुझाव दिएपनि उनीहरुले एक अर्काबीच धारे हात देखाएपछि फोनमार्फत् ढकालले तत्काल भेलामा बसेर कुराको छिनोफानो लगाउने निर्देशन दिएपनि त्यो सम्भव भएको थिएन । स्रोतका अनुसार उनीहरुबीच मिल्न सक्ने स्थिति पैदा नभएपछि बेलुकी ८ बजेको लागि बैंठक आह्वान गरिएको थियो ।

कसरी भयो झगडा ?
एमाले नेता गुरागाइँ र उम्मेद्वार ओझा दुवै स्थानीय तह निर्वाचनमा सुन्दरहरैँचाका लागि मेयरका उम्मेद्वार समेत हुन् । तर, अन्त्यमा गुरागाइँले बलमिच्याइँ गर्दै टिकट फुत्काएका थिए । ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानास’ झनेझै उनी काँग्रेस उम्मेद्वार शिव ढकालसँग करिब नौ सय ६० मतान्तरले हारेका थिए । आफूले स्थानीय तहको निर्वाचनमा हारेपनि कुनै पनि हालतमा प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा टिकट पाउनुपर्ने माग राख्दै आएका थिए । तर, पार्टीले यसअघिको निर्वाचनमा हार व्यहोरका उम्मेद्वारलाई टिकट नदिने घोषणा गरेपछि स्वतः राजकुमार ओझाले टिकट पाउन सफल भएका थिए ।

यसै विषयलाई लिएर असन्तुष्टि देखाउँदै आएका उनले आगामी दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसारको समय एक हप्ता जति हुँदा आफ्ना कार्यकर्ताहरुलाई ओझालाई भोट नदिन निर्देशन दिएको थाहा पाएसँगै कडरिया उनीमाथि झम्टिन पुगेका हुन् ।

को हुन्, कडरिया ?
विगतका दिनमा माओवादी केन्द्रमा बसेर अघाएपछि केही समयअघि एमालेमा छिरेका उनी, एमालेबाट सुन्दरहरैँचा वडा कमिटी अध्यक्ष पनि हुन् । तर, माओवादी केन्द्र परित्याग गरेर एमालेमा आएपनि फेरि उसैसँग गठबन्धन गरेर जानुपर्ने भयो । हठात्, दुई ठूला बामबीच तालमेल र पार्टी एकताको कुरा आयो । विगतमा जे जे भए त्यो बिर्सिएर आफू दुई पार्टीको नेतृत्व गर्ने बाचा गरे । तर, हाल गुरागाइँले पार्टीमाथि गरेको अन्तरघात सहन नसकेर उनी जाइलाग्नु परेको स्रोत बताउँछ ।

यता, हिजो नै पथरीशनिश्चरे–४, वडाध्यक्ष गोविन्द बहादुर भण्डारीलाई आफ्नै कार्यकर्ता विष्णु कार्कीले कुटपिट गरेपछि नोबेल हस्पिटल भर्ना भएका छन् । भण्डारी माओवादीतर्फबाट वडा संयोजक समेत हुन् । उनलाई काँग्रेसका लागि भोट मागेको भन्दै कार्कीले तीन भाई बोलाएर कुटपिट गरेका थिए । उनी हाल नोबल हस्पिटलमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =