नेपाल इन्जिनीयरिङ कलेजका १२९ विद्यार्थी दीक्षित

फागुन ११, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत १२९ जना विद्यार्थी इन्जिनियर उपाधिबाट दीक्षित भएका छन् । कलेजले शनिबार गरेको विदाई कार्यक्रममा उनीहरुलाई कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले दीक्षित गरेका हुन् । 

कलेजको कम्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ विभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको हो । कम्प्युटर इन्जिनियरिङंका ७५ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङका ३२ जना र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङका २० जना गरी कुल १२९ जना इन्जिनियर उपाधिबाट विभूषित भएका थिए । 

कार्यक्रममा कलेजका प्राचार्य प्राडा श्रेष्ठले इन्जिनियर घुस खाएर प्रक्राउ परेको समाचार आईरहेको तर्फ सचेत गराउदै पेसाप्रति इमान्दार हुन विद्यार्थीलाई निर्देशन दिए । मेहनत र परिश्रमको सम्मान पनि अवस्य हुने भन्दै उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, राम्रो काममा मात्रै लाग्नुस् कलेजको नाम उच्चो राख्नूस् ।   

कलेजका उपप्राचार्य दीपक धामी, एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्यद्वय दुर्गा भण्डारी र नरेश खड्का, कलेजको कम्युटर इन्जिनियरिंङ विभागका प्रमुख दिनेश डंगोल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिंङ विभागका प्रमुख अजयकुमार लाल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभाग प्रमुख रुपेश दहीलगायतले उपाधि हासिल गर्न सफल विद्यार्थीर्लाइ वधाई दिए ।   

कार्यक्रममा ६ जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =