भुक्तानी नपाएको भन्दै ठेकेदारले भत्काए सडक

माघ १, गुल्मी । भुक्तानी नपाएको भन्दै गुल्मीमा एक निर्माण व्यवसायीले आफैले निर्माण गरेको सडक भत्काएका छन् । 

जिल्लाको कालीगण्डकी गाउँपालिका २ को आर्बेनी देउराली भयकोटको सडक निर्माण व्यवसायी कूलप्रसाद न्यौपानेले भुक्तानी नपाएपछि  सडक भत्काइदिएका हुन् । 

निर्माण व्यवसायीले सडक भत्काइदिएपछि मंगलबार दिनभर उक्त सडक बाटो बन्द भएको थियो । पैदलै हिड्नसमेत कठिन भएको थियो । 

लामो समयसम्म रकम उपलब्ध नगराएपछि सडक भत्काइदिएको निर्माण व्यवसायी न्यौपानेले बताएका छन् । तर जनस्तरबाट आलोचना भएपछि मंगलबार राति पुनः मर्मत गरिदिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =