विचार मिल्ने पार्टीबीच एकता हुनु आवश्यक : अध्यक्ष दाहाल

मङ्सिर ९, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र विरोधीहरु अहिले पनि सलबलाइरहेको बताएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर बजारमा आज वामगठबन्धनले आयोजना गरेकाे चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले आफ्नो उम्मेदवार नउठाई गणतन्त्र विरोधीलाई सहयोग गरेको आरोप लगाए ।

 

शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता आफू भएको बताउँदै अध्यक्ष दाहालले संविधान निर्माण तथा कार्यान्वयनका लागि महत्त्वपूर्ण भूमिका खेलेकाले आफ्नो जित सुनिश्चित रहेको जिकिर गरे । “नेपाली जनताको समृद्धिको प्रत्याभूति दिलाउन वाम गठबन्धन गरिएको हो, धेरै साना दलले देशको विकास हुँदैन”, उनले भने । उनले देशलाई दिगो शान्ति, विकासका लागि अब स्थिर सरकार नै चाहिने भएकाले सबै विचार मिल्ने पार्टीबीच एकता हुनु आवश्यक रहेकामा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =