राप्रपाको सम्मानजनक सिट नआए हिन्दु राष्ट्रको एजेन्डा हराउने

मङ्सिर ९, काठमाडाैं । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा राप्रपाको सम्मानजनक सिट नआए हिन्दु राष्ट्रको एजेन्डा सधैकोलागि हराएर जाने बताएका छन् ।

शनिवार काठमाडौमा धर्म सभा नामक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालमा हिन्दु राष्ट्रको एजेन्डामा चौतर्फी आक्रमण हुन थालेकाले राप्रपाले प्रतिनिधि सभा तथा प्रदेश सभामा सम्मानजनक उपस्थिति आउनु पर्ने बताए । पार्टी बाहिरको बहसमा हिन्दु राष्ट्रको एजेन्डा बिस्तारै हराउदै जानुमा पार्टी कार्यकर्तामा धर्मान्तरण भएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

२०७० को निर्वाचनमा रहेको हिन्दुराष्ट्र बनाउने एजेन्डा अहिले पार्टी भित्रको विचलनले र पार्टी फुटको असरले पनि नकारात्मक प्रभाव पारेको उनकाे भनार्इ थियाे । अध्यक्ष थापाले यस्तै अवस्था कायम रहे अबको ५ वर्ष भित्र हिन्दु राष्ट्रको कुरा गर्ने कोही पनि नहुने तर्क समेत राखे ।

उक्त कार्यक्रममा अध्यक्ष थापाले हिन्दु धर्मको रक्षा, प्रबर्धन तथा विज्ञ विद्वानहरु सबै आफ्नो पार्टीमा हुँदा हुँदै पनि नेपाललाई हिन्दु राष्ट्र बनाउने पार्टीको एजेन्डा हराउदै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =