सेवा प्रवेशको मिति ढाँटेका डीआईजीले पाए अवकाश

मंसिर ९, काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहले सेवा प्रवेशको मिति ढाँटेको पुष्टि भएपछि उनलाई पदमुक्त गरिएको छ ।

प्रहरी किताबखानाले शुक्रबार सशस्त्र प्रहरी मुख्यालयमा सिंहको सेवा अवधि २१ साउन २०७३ मै सकिएको भन्दै पत्र पठाएको हो । सो पत्रसँगै उनले अनिवार्य अवकाश पाएका हुन् । उनले अनिवार्य अवकाश पाउनुभन्दा थप १६ महिना बढी जागिर खाएको देखिएको छ ।

प्रहरी किताबखानाले डीआईजी सिंहले २१ साउन २०७३ मा अनिवार्य अवकाश पाएको पत्र लेखेको भए पनि सशस्त्र प्रहरी बलको कर्मचारी प्रशासन शाखामा भने उनको सेवा प्रवेशको मिति २१ चैत २०४५ उल्लेख छ । उनी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०४९ मा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =