भूकम्पपीडितलाई घर बनाउन वनको जग्गा दिने मन्त्रिपरिषदकाे निर्णय

माघ २४, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भूकम्पपीडितलाई घर बनाउन वन क्षेत्र प्रयोग गर्न दिइने बताएका छन् । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सोमबार बसेको मन्त्रिपरिषद् निर्णयहरु सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । 

‘आफ्नो जग्गामा घर बनाउन उपयुक्त नभएका तथा अन्यत्र बनाउन पनि ठाउँ नभएका भूकम्पपीडितलाई वनक्षेत्रमा घर बनाउन पाइन्छ’, मन्त्री बाँस्कोटाले भने । 

null

भूकम्प प्रभावितलाई छानोभित्र ल्याउने सरकारको नीतिअनुसार यो कार्यविधि ल्याएको मन्त्री बास्कोटाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =