अवतारी लामा महिला हिंसा गरेकाे अाराेपमा पक्राउ

मङ्सिर ७, काठमाडौँ । महिलाहरूलाई यौन शोषण गरेको आरोपमा टुल्कु लामा पक्राउ परेका छन् । आफूलाई अवतारी लामा भन्दै उपचार गर्ने लामा महिला हिंसा गरेकाे अाराेपमा पक्राउ परेका हुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले सिन्धुली दुम्जा घर भएका ५६ वर्षका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको हो ।

उनको १० वर्षदेखि दक्षिणकाली नगरपालिका १ चाल्नाखेल, वोशनमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरेका थिए । उनले आफू अवतारी लामा भएको र दसौँ पुस्तासम्म एउटै कुलमा जन्मिएकाले दैवी शक्ति रहेको दाबी गर्दै आएका थिए । तर, उपचारका लागि आएका महिलाहरुमाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले उपचारका क्रममा एक्लो कोठामा लगेर निर्वस्त्र बनाउने र शारीरिक सम्बन्ध राख्ने गरेका थिए । साथै, यसबारे बाहिर भनेमा ठुलो क्षति हुने भन्दै धम्की दिने गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =