कोभिड-१९ कोषमा राखेपको ३२ लाख
२०७६ चैत ३० गते

चैत्र ३०, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड–१९) राहत कोषमा ३२ लाख सहयोग गरेको छ। राखेपले राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको एक विज्ञाप्तिमार्फत जनाएको छ।
राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी कोरोना कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन्। नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकमजम्मा गरिएको थापाले जानकारी गराए।
२०७६ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








