मुस्ताङमा गौचन र तुलाचनको रोचक भीडन्त

मङ्सिर ७, कास्की । हिमालपारीको जिल्ला मुस्ताङमा दैनिक बढ्दो चिसो सँगै चुनावी सर्गर्मी पनि ह्वात्तै बढेकाे छ । एउटै मात्र प्रतिनिधि सभा र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चुनावी मिति नजिकिएसँगै चुनावी सगर्मी बढ्न थालेको हो ।

पहिलो चरण अन्तरगत आगामी मङ्सिर १० मा हुने निर्वाचनमा काँग्रेसको तर्फबाट तीन कार्यकाल सम्म सांसद बनेका पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली र बाम गठबन्धनको तर्फबाट एमालेका प्रेम प्रसाद तुलाचनबीच रोचक भीडन्त हुने भएको छ ।

गौचन मुस्ताङबाट प्रतिनिधि सभामा तीन पटक सम्म सांसद बनीसकेका छन् । गौचन हिमालपारीको विकट जिल्ला मुस्ताङमा आफ्नोे बिरासत कायम राख्न चाहन्छन् भने एमालेका तुलाचन उनको बिरासतलाई भत्काउन कम्मर कसेर लागेका छन् । जुनसुकै हातलमा गौचनको बिरासतलाई तोड्न तुलाचन रणनितिक योजना बुन्दै छन् । दुवै नातेदार र एउटै गाँउका बासिन्दा समेत हन् । उनीहरू दुईबीच चुनावमा तीव्र प्रतिशपर्धा हुने देखिएको छ । दुवै जना मुस्ताङका श–सक्त दावेदार हुन् ।

यस अघि ०७० को निर्वाचनमा दुवै जना चुनावी मैदानमा होमीएका थिए तर,काँग्रेसका गौचनले तुलाचनलाई जम्मा १३ मतान्तरले पराजित गरेका थिए । पहिला काँग्रेसमै क्रियाशील तुलाचन पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवारको रूपमा चुनावमा उठेका थिए । काग्रेसका उम्मेदवार गौचन ०५६ र ०७० सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित भएका थिए । त्यसै गरी उनी ०६४ को निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य समेत भएका थिए ।

यस्तै एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचन मुस्ताङका चर्चित निर्माण व्यवसायी हुन् । उनले होटेल देखि ट्राभल एजेन्सी र निर्माण लगायतका काम गर्दै आएका छन् ।उनले मुस्ताङमा लामो समय सम्म कायम रहेको यातायातको सेन्डीकेट खारेज गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनकै दबाबमा सिन्डिकेटको अन्त्य भएको थियो ।
लामो समय एउटै पार्टी काँग्रेसमा रहेर राजनीति गर्दै आएका दुवै उम्मेदवार त्यस क्षेत्रका लोकप्रिय उम्मेदवारको रूपमा चिनिन्छन् ।

यस पटक तुलाचन केही बलिया देखिन्छन् । उनलाई एमाले र माओवादी केन्द्रको साथ मिलेकाले बलियाे उम्मेदवारको रूपमा हेरिएको छ । काग्रेस र बामगठबन्धनका उम्मेदवार माथिल्लो मुस्ताङमा मतदाताको घरदैलोमा पुगेका छन् । चिसो ह्वात्तै बढेकाले आधा जसो मतदाता बेसीतर्फ झरिसकेका छन् । राजनीतिमा प्रतिबद्ध कार्यकता र केही रैथाने घरकुरुवाको मतबाट नै उम्मेदवारले चित्त बुझाउनु पर्ने भएको छ ।

प्रदेश क मा लोमान्थाङ ३ का मिक्यूर गुरुङ काँग्रेस र लोमान्थाङकै ईन्द्रधारा विष्ट बाम गठबन्धनबाट चुनावी मैदानमा छन् । दुवै उम्मेदवारका चुनावी एजेन्डा कोरलानाका, सडक सञ्जाल, ग्रामीण विद्युतीकरण र पर्यटन पूर्वाधार हो । काँग्रेसमा लामो समय सम्म रहेर राजनीति गर्दै आएका ईन्द्रधारा विष्ट बाम गठबन्धनमा प्रबेशगरी चुनावी मैदानमा उत्रीएपछि काँग्रसका उम्मेदवार सँग कडा टक्कर पर्ने अनुमान गरिएको छ । प्रदेश क मा नै पर्ने दालोमे गाउँपालिकाका अध्यक्ष तथा काँग्रेसका पुराना अगुवा राजुबिष्ट र चराङ गाउँकी काग्रेसकी अगुवा माया विष्ट सहित उम्मेदवार बनेका विष्ट एमाले प्रवेश गरेपछि काग्रेसलाई यो चुनाव कठिन बनेको हो ।

त्यस्तै प्रदेश ख काग्रेस र बामगठबन्धनबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । काँग्रेसका छिरिङधावा गुरुङ र एमालेका महेन्द्र बहादुर थकाली बिच चुनावी प्रतिस्पर्धा हुने छ । त्यसै गरी यस क्षेत्रमा राप्रपा प्रजातान्त्रिकको तर्फबाट प्रवीण शेरचन समेत चुनावी मैदानमा उत्रिएका छन् । मुस्ताङमा ३७ मतदान केन्द्रमा ९ हजार ४ सय २७ मतदाता रहेका छन् । उपल्लो मुस्ताङ समेटिएको प्रदेश ‘क’ मा ३ हजार १ सय ५६ र तल्लो मुस्ताङ समेटिएको प्रदेश ‘ख’ मा ६ हजार २ सय ७१ मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =