आजको छापा: फर्कियो म्याराथान छवि, किरण सिंहलाई म्याराथनमा स्वर्ण, महिला खेलाडीले रचे इतिहास

मंसिर २२, काठमाडौं । राजधानी काठमाडौँबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाले हाल जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)  प्रतियोगितासँग सम्बन्धित समाचारलाई नै आजको पहिलो पृष्ठको मुख्य समाचार बनाएका छन् ।   

गोरखा पत्रले किरणसिंहलाई म्याराथनमा स्वर्ण शीर्षकमा समाचार छापेको छ भने आजको राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठमा चम्किए किरण शीर्षकमा समाचार छापेको छ ।   

कान्तिपुर दैनिकले पनि फर्कियो म्याराथान छवि शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ भने नेपाल समाचारपत्रले महिला खेलाडीले रचे एतिहास शीर्षकमा समाचार छापेको छ ।  त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा २४ वर्षपछि म्याराथनमा स्वर्ण भन्ने शीर्षकमा समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकाहरुले पनि साग अन्तर्गत खेलकुदका समाचरलाई नै फ्रन्ट पेजको मुख्य समाचार बनाएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =