आजको छापा: फर्कियो म्याराथान छवि, किरण सिंहलाई म्याराथनमा स्वर्ण, महिला खेलाडीले रचे इतिहास
२०७६ मंसिर २२ गते

मंसिर २२, काठमाडौं । राजधानी काठमाडौँबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाले हाल जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितासँग सम्बन्धित समाचारलाई नै आजको पहिलो पृष्ठको मुख्य समाचार बनाएका छन् ।
गोरखा पत्रले किरणसिंहलाई म्याराथनमा स्वर्ण शीर्षकमा समाचार छापेको छ भने आजको राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठमा चम्किए किरण शीर्षकमा समाचार छापेको छ ।
कान्तिपुर दैनिकले पनि फर्कियो म्याराथान छवि शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ भने नेपाल समाचारपत्रले महिला खेलाडीले रचे एतिहास शीर्षकमा समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा २४ वर्षपछि म्याराथनमा स्वर्ण भन्ने शीर्षकमा समाचार छापेको छ ।

अन्य पत्रपत्रिकाहरुले पनि साग अन्तर्गत खेलकुदका समाचरलाई नै फ्रन्ट पेजको मुख्य समाचार बनाएका छन् ।
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








