अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा ताजा चुनावको विकल्प रोज्ने: मर्केल

“
एजेन्सी । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक सङ्कटमा फसेको छ ।
चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् । यस अघि आइतबार साँझ उदारवादी एफडीपी पार्टी मर्केलको अनुदारवादी सीडीयु/सीएसयु गठबन्धन र द ग्रीन्ससँगको वार्ताबाट बाहिरिएको थियो ।
जर्मनीमा गठबन्धन बनाउने वार्ता ‘भङ्ग’
जर्मन राष्ट्रपतिले राजनीतिक पार्टीहरूलाई ‘आफ्ना अडानबारे पुनर्विचार गर्न’ आग्रह गरेका छन् । राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमायरले अभूतपूर्व अवस्थाका माझ जर्मनीको ‘हितका लागि’ सम्झौता गर्न दलहरूलाई आग्रह गरे ।
जर्मनीको तल्लो सदन
विगत १२ वर्षदेखि चान्सलर पद सम्हाल्दै आएकी मर्केलले सबैभन्दा ठुलो चुनौतीको सामना गरिरहेकी छन् । उनले भनिन्, “”नयाँ चुनाव एउटा विकल्प हो, अल्पसंख्यकको सरकार पनि एउटा विकल्प हो तर एउटा स्थिर मुलुक जसले थुप्रै चुनौतीको सामना गर्नु पर्नेछ त्यसले अल्पसंख्यकको सरकार बनाउने विकल्पबारे निकै सावधानीपूर्वक सोच्नेछ ।””
स्थिरता
प्रसारक जेडीएफसँगको एउटा छुट्टै अन्तर्वार्तामा मर्केलले जर्मनीलाई स्थिरता र ‘हरेक निर्णयका लागि बहुमत नचाहिने सरकारको आवश्यकता’ रहेको तर्क गरिन् । सोसल डेमोक्रेट्स (एसपीडी) पार्टीसँग अर्को गठबन्धनको सम्भावना बारे जिज्ञासा राख्दा मर्केलले राष्ट्रपति र एसपीडीका नेताहरुबीच हुने वार्ताको नतिजा आफूले कुर्ने बताइन् ।यद्यपि आफ्नो राजीनामाको मागले नयाँ गठबन्धनका लागि वार्ताको सकारात्मक सुरुवात गराउन नसक्ने मर्केलले उल्लेख गरिन् । यस अघि संसद्को दोस्रो ठुलो दल सोसल डेमोक्रेट्सले मर्केलसँग गठबन्धन सरकारमा फर्किने कुनै सम्भावना नरहेको बताएको थियो ।
“








