एपीएफलाई हराउँदै एनआरटी बिजयी
२०७६ माघ ५ गते

माघ ५, काठमाडौँ । आईतबार सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा भएको स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटी क्लब बिजयी भएको छ ।
प्रतिस्पर्धात्मक खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले हराउँदै बिजयी बनेको हो ।
एनआरटीका तर्फबाट खेल सुरु भएको २४ औँ मिनेटमा आन्द्रे थेरीले गोल गरेका थिए भने ८० औं मिनेटमा जोर्डन एनडेम्बाले र ८५ औं मिनेटमा दर्शन गुरुङले गोल गरेका थिए ।

एपीएफका तर्फबाट आशिष लामा र दुई गोल गरेपनि टोलीलाई जोगाउन भने सकेनन् । खेलमा एनआरटी र एपीएफ दुवैले थप गोलको अवसर गुमाएका थिए ।
एनआरटीका एरिक बिष्ट म्यान अफ दी म्याच भएसँगै उनले १० हजार समेत पाए ।
२०७६ माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








