प्रचण्ड पुत्र प्रकाश दाहालकाे ह्रदयघातका कारण मृत्यू (पुष्टि हुन बाँकी)

मंङिसर ३, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । विहान अचानक अस्वस्थ भई काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । अस्पताल  स्रोतका अनुसार हृदयघातका कारण उनको निधन भएको जनाइएको छ ।हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

प्रचण्ड राजधानी अाइसकेपछि निधन भएकाे अाैपचारिक जानकारी दिने अस्पतालले तयारी गरेकाे स्राेतकाे दावि छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =