फाेरएभरले ल्यायाे विभिन्न प्याकेजहरूमा जाडाेका पाेसाक

मङ्सिर १, काठमाडाैं । फाेरएभर इन्टरप्राइजेजले चिसोको मौसम बढेसँगै विद्यार्थीहरू लक्षित गुणस्तरिय पाेसाकहरू बजारमा लिएर अाएकाे छ । विगत ४ वर्षदेखि फाेरएभरले नाफा कमाउने उद्देश्य नराखी सेवा मूलक व्यवसाय गर्दै अाइरहेकाे छ । हाल फाेरएभरले जाडाेकाे सिजनका लागि अति आवश्यक कपडाहरू विभिन्न प्याकमा लिएर अाएकाे हाे ।

फाेरएभरले विद्यालय र कलेज लक्षित छुट्टाछुट्टै प्याकेज ल्याएकाे छ । विद्यालयका विद्यार्थीका लागि रु ९९९ काे प्याकेज ल्याएकाे छ भने कलेजका विद्यार्थीका लागि रु ७७७ काे प्याकेज रहेकाे छ ।

राजधानी भित्र र बाहिरका करिब २०० भन्दा बढी विधालय र कलेजलार्इ पाेशाक वितरण गर्दै अाइरहेकाे फाेरएभरले दुरदराज सम्म अाफ्नाे सेवालार्इ सहज र सुलभ रूपमा पुर्‍याउने लक्ष्य लिएकाे फाेरएभरका सिइअाे उदिप खड्का बताउँछन् । उनी भन्छन्, “गुणस्तरिय पाेसाक सुपथ र सुलभ मूल्यमा हामी वितरण गरिरहेका छाै । काम गर्ने क्रममा केही असहजता पनि आउँछ तर हामीले त्यसलार्इ समस्याका रूपमा भन्दा पनि अवसरका रूपमा लिएका छाैं ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =