काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको शैक्षिक मेला हुँदै

फागुन १, काठमाडौं । काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको शैक्षिक मेलाको आयोजना हुने भएको छ । एस आई यूकेको आयोजनामा काठमाडौंमा पहिलोपटक अन्तरराष्ट्रिय स्तरको शैक्षिक मेला हुन लागेको हो ।   

मेला यहीँ फेब्रुअरी २२ तारिख अर्थात फागुन १० गते काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुनेछ ।   

विश्वका २३ देशहरुमा शाखा सञ्जाल फैलाएको यस अन्तराष्ट्रिय ख्याती प्राप्त शैक्षीक परामर्श संस्थाले वार्षिक ४० हजार भन्दा बढी विद्यार्थीहरुलाई यूके र आयरल्याण्डमा रहेका विश्वका उच्चस्तरीय विश्वविद्यालयहरुमा अध्ययनका लागि मार्ग प्रदान गर्दै आएको छ ।   

यसले विगत २०१८ देखि नेपालमा शैक्षिक परामर्श गर्दै आएको छ  ।   

एसआई यूकेले विश्वभर ५० वटा अफिसमार्फत सेवा प्रवाह गर्दै आएको छ ।  यो संस्थाले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको जनाएको छ ।  

  

विद्यार्थीको सूचना पाउने अधिकारको सुनिश्चितता र विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षिक प्रणाली, छात्रवृत्ति, अध्ययन पश्चात अन्तराष्ट्रिय स्तरको रोजगारीको अवसर र यूकेको जीवनशैलीको प्रत्यक्ष रुपमा परामर्श गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताइएको छ ।   

मेलामा यूकेका २० वटा भन्दा बढी विश्व विद्यालयको प्रत्यक्ष सहभागिता रहनेछ । नेपालको शैक्षिक क्षेत्रका उच्चपदस्थ विज्ञहरुको समेत सहभागिता रहनेछ । साथै, मेलाबाट करिब एक हजार भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा छ ।   

मेलामा सहभागी हुनका लागि अनलाइन फारामको उपलब्धता गराइएको छ । साथमा विद्यार्थीहरुको पहुँचमा सरल तथा सहज रुपमा पुग्ने गरि विभिन्न विज्ञापनको माध्यमबाट दर्ता तथा सम्पर्क गर्न सक्ने सुविधाको ब्यवस्था गरिसकिएको छ ।   

साथै, एसआई यूके नेपालको अफिस पुत्तलीसडकस्थित कृषि विकास बैंकको दोस्रो तल्लामा रहेको कार्र्यालयमा गएर पनि जानकारी लिन सकिने जनाइएको छ ।   

हरेक वर्ष पचासौँ हजार विद्यार्थीलाई युकेमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको एसआई यूकेको डाटा अनुसार सन् २०१८ मा ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएका थिए । एसआई यूकेले हरेक वर्ष नेपालमा रहेका गरिब तथा पिछडिएको वर्ग र जेहेन्दार विद्यार्थीहरुको लागि स्वदेशमै अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले विशेष प्याकेज बनाएर अगाडि बढ्ने लक्ष्य लिएको छ ।  त्यस्ता विद्यार्थीहरुलाई बेलायतको विश्वविद्यालयमा छात्रवृत्तिकोसमेत वन्दोवस्त पनि गर्न सकिने जनाइएको छ ।     

नेपालबाट विकसित मुलुकका राम्रा विश्व विद्यालयमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय अध्ययन पश्चात पाउने रोजगारीको अवसर  खुल्ला गर्न लागिरहँदा र  यूके यूरोपबाट बाहिरिँदा धेरैलाई रोजागारीको सुविधा मिल्ने सम्भावना बढेकाले पनि यूके अध्ययन गर्न जाने विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ ।   

एसआई यूकेले विद्यार्थीलाई अध्ययनको लागि अवसर प्रदान गर्ने मात्र नभई विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा पनि परामर्श दिएर देशको विभिन्न क्षेत्रमा सम्भाब्य अवसरको खोजी गर्ने कार्यमा पनि पोत्साहन गर्दै आएको एसआई यूके नेपालका डाइरेक्टर विनय अधिकारीले बताएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =