जाजरकोटमा भिरबाट लडेर आमा–छोराको मृत्यु

जाजरकोट, कात्तिक ३० । जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नम्बर ३ स्थित आफ्नो घर आउँदै गरेका आमा–छोरोको बिहीबार बिहान मृत्यु भएको छ ।

जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नम्बर ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उनका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुकामात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी यस ठाउँमा अकालमै मानिसको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =