मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु पाँच गम्भिर घाईते

कात्तिक ३०, गुल्मी । गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गरेको जिप दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ भने पाँचजना गम्भिर घाईते भएका छन् । बुधबार राती करिव साढे दश वजे लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको हो ।

अघिल्लो दिन अर्खले मै भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त जिप दुर्घटना भएको थियो । जिप सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा १५ जना सवार थिए । ५ जना शख्त घाईतेलाई पाल्पा पठाईएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । लगतार पहिलो र दोश्रो दिन आफन्त गुमाएका अर्खलेवासी आफन्त वियोगको चोटमा परेर भावविह्ल बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =