पोखरामा वाम गठबन्धनको घरदैलो अभियान तिब्र

कात्तिक ३०, पोखरा । पोखरामा वामपन्थी गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि कास्की क्षेत्र नंम्वर ३ बाट बामगठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै गठबन्धनलाई भोट मागे । त्यस अवसरमा वाम गठबन्धनका उम्मेदवारहरुले मतदाताले आफुहरुलाई विजयी गराउने कुरामा आशावादी रहेको बताएका थिए ।

हेमजा स्थित याम्दीबाट सुरु भएको घरदैलो अभियान तिव्वतियन क्याम्प, लामाचौतारा, साझा, मिलनचोक, सुईखेत, कालिकाचोक हुदै फेदीसम्म पुगेर सम्पन्न भएको थियो । घरदैलो कार्यक्रमपछि लामाचौतारा र मिलनचोकमा कोणसभा गरिएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै तिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले बाम गठबन्धनलाई नेपाली जनताले रुचाएको दावी गरे । उनले गठबन्धनले देशैभर दुई तिहाई मत पाउने विश्वास ब्यक्त गर्दै देशलाई निकास दिई समृद्घिको बाटोतर्फ लैजान गठबन्धन गरिएको स्पष्ट पारे । उम्मेदवार विश्वकर्माले निर्वाचन पछि बाम बहुमतको सरकार बन्ने दावी गर्दै त्यसले देशलाई निकास दिने बताए । उनले आफुहरु कम्युनिष्ट पार्टीका संस्थापकहरुको परिकल्पना पुरा गर्न लागि पर्ने प्रतिबद्घता व्यक्त गर्दै हेमजाको जनमत प्रगतिशील विचारधाराको पक्षमा रहेको बताए । उम्मेदवार विकले हेमजाको कृषिलाई व्यवस्थित बनाउने तथा सुईखेत खोलाको अतिक्रमण नियन्त्रणमा भुमिका खेल्ने प्रतिबद्घता समेत ब्यक्त गरेका थिए ।

प्रदेशसभा ३ ‘क’ का उम्मेदवार रामजी बरालले संविधान मार्फत प्राप्त अधिकारलाई व्यवस्थित गर्न स्थाई सरकार चाहिने आवश्यकता औल्याउदै, स्थाई सरकार तथा राजनैतिक स्थायित्वका लागि गठबन्धन गरिएको बताए । उनले हेमजामा यातायातको सहज प्रबन्ध मिलाउन तथा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आफुले पहल लिने पनि जनाए ।

समानुपातिक उम्मेदवार एवं पुर्व सांसद सीता गिरी ओलीले हेमजा कम्युनिष्टहरुको उर्भर भुमि भएको दावी गर्दै विभिन्न समयमा हेमजावासीले आफुहरुलाई सहयोग गर्दै आएको स्मरण गरिन । अर्का समानुपातिक उम्मेदवार झलकपाणि तिवारीले गठबन्धनलाई परिवर्तनकारी शक्तिसँग तुलना गर्दै देशको अस्थिरतालाई परिवर्तन गर्ने दायित्व पनि गठबन्धनकै भएको भनाइ राखेका थिए । उनले गठबन्धनले जित्दा देशले जित्ने र देशमा स्थायित्व प्राप्त हुने तर्क गर्दै चुनावका लागि मात्रै गठबन्धन गरिएको भनी कतिपय राजनैतिक दलबाट भएको प्रचारको खण्डन पनि गरेका थिए ।

प्रदेश समानुपातिक उम्मेदवार पुष्पा केसी भण्डारीले स्थायित्व र आर्थिक विकासका लागि गठबन्धन गरिएको बताइन । उनले बिजयी बनेपछि पनि अहिलेका जस्तै जनताको घरदैलो जनताका पीरमर्का बुझ्न आइरहने प्रतिबद्घता व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =