अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ को गीत ट्रेन्डिङ्गको पहिलो नम्बरमा (भिडियोसहित)

 

मंसिर २८, काठमाडौँ । नायक अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङ्गको पहिलो नम्बरमा आएको छ । 

अनमोल केसी नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र क्याप्टेनको उक्त गीत अहिलेसम्म तीन लाख ८५ हजार बढिले हेरिसकेका छन् । 

null

अन्जु पन्तको आवाजमा सजिएको गीतमा सुगम पोखरेलले साथ दिएका छन् । दिग्गज धौरालीको शब्दमा तयार भएको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 

फागुन १७ गते रिलिजको तयारीमा रहेको चलचित्र दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । निर्माता भूवन केसीले गीतलाई मन पराइदिएको भन्दै खुशी व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =