मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाईते

कात्तिक २९, चितवन । चितवनको कालिका नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३१ वर्षीय विवेक दराई रहेका छन् ।

लंकालाइनबाट भरतपुरतर्फ जानेक्रममा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय दुखिराम दराई र कालिका नगरपालिका–३ का ३१ वर्षीय अविनास महतो घाइते भएका छन् ।

उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =