बिपीको राष्ट्रिय मेलमिलाप नीति अपरिहार्य: उपप्रधानमन्त्री थापा

हेटौँडा, कात्तिक २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले मुलुकका लागि अपरिहार्य रहेकाले सबै राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रको सुदृढीकरणका लागि एकजुट हुन आग्रह गर्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धनले हेटौँडा उपमहानगरपालिका–१५ मा आज आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष थापाले आम जनताले प्रजातन्त्रबाहेक साम्यवादी व्यवस्थालाई आत्मसात् नगर्ने भएकाले लोकतान्त्रिक गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सभालाई लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेताद्वय अशोक शाक्य र रामचन्द्र अर्यालले मौलिक हकको सम्बद्र्धन, विकासको पूर्वाधारलाई सन्तुलित रुपमा बाँडफाँड गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्न अहिले लोकतान्त्रिक गठबन्धननै बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =