के. एल. दुगड समूहद्वारा खाद्यान्न वितरण

चैत्र २२, नेपालगन्ज ।  के. एल. दुगड समूहले नेपालगन्जमा खाद्यान्न वितरण गरेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ७, १४ र १५ का ४ सय परिवारलाई खाद्यान्न वितरण गरेको हो ।   

गरिब, असहाय, अपांगहरुलाई १० केजि चामल, १ केजि दाल, २ केजि आटा १ केजि चना र १ केजी तोरीको तेल गरी १५ केजीको फेमिल प्याक प्रति परिवारलाई वितरण गरिएको जनाईको छ । उक्त वितरण कार्यक्रममा वडाअध्यक्षहरुको पनि उपस्थिति  रहेको थियो ।   

कोरोना महामारीको समयमा कोही पनि परिवार भोकै नबसोस भन्ने उदेश्यले तथा  खास गरी दैनिक ज्यालादारी गरी जीवन गुजारा चलाइरहेका परिवारलाई सो खाद्यान्न वितरण गरिएको केएल दुगड समुहले जनाएको छ ।   

उक्त समूले विपत्ति अप्ठेरो महामारी पर्ने वित्तिकै दैनिकरुपमा जीवन चलाउन अप्ठेरो हुने बर्गहरुलाई सधैं सहयोग गर्दै आइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =