जुम्ला र बर्दिबासमा एन अार्इ सी एसिया बैङ्कका नयाँ शाखाहरू विस्तार

कार्तिक २६, काठमाडाैं । एन आई सी एसिया बैङ्कले २ नयाँ शाखाहरु विस्तार गरेकाे छ । बैङ्कले चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा आज एक समारोहका बिच औपचारिक रूपमा बैंककाे समुद्घाटन गरेकाे हाे ।

जुम्ला जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष राम दत्त रावलबाट जुम्ला शाखाको र महोत्तरी जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीबाट बर्दिबास शाखाको औपचारिक रूपमा समुद्घाटन गरिएकाे थियो ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एसिया बैङ्क निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =