यि हुन् दिशानी फोहरको थुप्रोमा भेटिएकी बालिका, यस्ती बनाए मिथुनले
२०७४ जेठ १५ गते

“मुम्बइ। मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्तीको विषयमा हालै आश्चर्यजनक खुलासा भएको छ । दिशानी मिथुनकी धर्मपुत्री हुन् भन्ने धेरैलाई थाहा भएपनि उनलाई मिथुनले कसरी भेटेका थिए भन्ने अहिलेसम्म धेरैलाई थाहा थिएन । दिशानीलाई उनका वास्तविक मातापिताले फोहरको थुप्रोमा छोडेर गएको मिथुनले खुलासा गरेका छन् ।
जब मिथुनले फोहरको थुप्रोमा अनाथ बालिका भेटे त्यतिबेला उनले ती बालिकालाई छोरीको रुपमा सँगै राख्ने निर्णय लिएका थिए । मिथुनकी पत्नी योगिता वालीले पनि उनलाई साथ दिइन् ।
दुवैले ती बालिकालाई घरमा ल्याए । मिथुनको अभिभावकत्वमा कुनै कमी नभएको दिशानीको अहिलेको अवस्था हेरेर थाहा हुन्छ । दिशानी अहिले ठूली भइसकेकी छिन् र निकै स्टाइलिश देखिन्छिन् । दिशानी अहिले बलिउड डेब्यूको तयारीमा छिन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








