मिनीट्रक अनियन्त्रित हुँदा वृद्धको ज्यान लियाे

माघ २४, बेत्रावती ।  नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना २ ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।  

उनका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो । 

दुर्घटनापछि गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई परीक्षणका लागि त्रिशूली जिल्ला अस्पतालमा लगिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =