सुनसरी ३ मा लोकतान्त्रिक गठबन्धनलाई परास्त गर्ने बाम गठबन्धनको दाबी

कार्तिक २४, सुनसरी । वाम गठबन्धनका नेताहरूले सुनसरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक शक्तिलाई परास्त गर्ने क्षमता आफूहरुसँग रहेको दाबी गरेका छन् । सुनसरीको दुहवीमा वडा स्तरीय संयोजक तथा जनवर्गीय संगठनहरुका लागि आयोजित प्रशिक्षणमा नेताहरूले त्यस्तो दाबी गरेका हुन् । उनीहरूले गाउँ गाँउमा वामशक्ति तर्फ आकर्षण बढिरहेको बताए ।

सुनसरी ३ का जनता परिवर्तनको पक्षमा रहेकाले भगवति चौधरीको जीतलाई कुनै पनि शक्तिले छेक्न नसक्ने बामगठबन्धनका नेताहरूको भनाई छ । कार्यक्रमलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सन्तोष चौधरी, एमाले सुनसरी इन्र्चाज धर्म निरौला, माओवादी केन्द्रकी सुनसरी इन्र्चाज रामकुमारी चौधरी, एमाले सुनसरीका सचिवालय सदस्य राम प्रसाद चौलागाई लगायतले सम्बाेधन गरेका थिए ।

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर तिनमा बामगठबन्धनकी साझा उम्मेदवार भगवती चौधरीले विपक्षीले आफू हार्न लागेकोले आफूविरुद्ध कुप्रचार गर्न थालेको बताइन । उनले त्यस किसिमका अफवाहहरुलाई गाउँ गाँउका जनताले परास्त गर्ने बताइन । सुनसरी क्षेत्र नम्बर तीनको विकास र सम्वृद्धिका लागि आफूले कुनै कसर बाँकी नराख्ने चौधरीले प्रतिबद्धता समेत जनाइन । कार्यक्रममा भेला भएका पार्टी कार्यकर्ताले सुनसरी क्षेत्र नम्बर तीनमा २२ वर्ष देखिको एकल सर्वसत्तावाद तोडन गाउँ गाँउमा उभार सृजना भएको बताए । जनता झुठा आश्वासन, पद र पैसाको प्रलोभनमा नपर्ने उनीहरूको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =