स्पेन युरोकपका लागि छानियो, स्विडेनसँगको खेलमा १–१ गोल बराबरी
२०७६ असोज २९ गते

असोज २९, एजेन्सी । स्पेन सन् २०२० को युरोकपमा छनोट भएको छ । मंगलबार राति भएको खेलमा स्विडेनसँग १–१ गोलको बराबरी बनाउँदै स्पेन युरोकपका लागि छनोट भएको हो ।
पूर्व च्याम्पियन सहेत रहेको स्पेन समूह एफबाट युरोकपमा पुग्न सफल भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि खेलको ५० औं मिनेटमा भने स्विडेनले १ गोल गर्दै अग्रता बनाएको थियो । स्विडेनकातर्फबाट मार्कुस बेर्गले गोल गर्न गरेका हुन् ।
खेलको अन्तिम समयमा गोल गर्दै स्विडेनलाई बराबरीमा रोक्न स्पेन सफल भयो । स्पेनका लागि रोद्रिगोले गोल गरेसँगै खेल १–१ गोल बराबरिमा टंगियो । यो खेलसँगै स्पेन २० अंकका साथ युरोकपमा स्थान बनाउन सफल भयो ।
null
उता स्विडेन भने १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
२०७६ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित








